असोज १४ । पहिला नेपाल राष्ट्र बैंकले मात्र वितरण गर्दै आएको दसैं लागि नयाँ नोट वाणिज्य बैंक मार्फत पनि साट्न सकिने व्यवस्था गरेपछि सर्वसाधारणले केही सहज महशुस गरेका छन्।
असोज ४ गतेदेखि नयाँ नोट बाँड्न सुरु गरेको राष्ट्र बैंकले अहिलेसम्म ५ अर्ब रुपैयाँका नयाँ नोट सटही गरिसकेको छ। बिहीबारसम्म ५ अर्ब रुपैयाँका नयाँ नोट सटही भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ।
दसैंका लागि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट साटन पाउँछन्। अहिले राष्ट्र बैंक तथा वाणिज्य बैंकहरुले समेत सर्वसाधारणलाई ५, १०, २० र १०० का दरले नयाँ नोट वितरण गर्दै आएका छन्।
Facebook Comments


























