असोज १४ । इक्वेडरको एक कारागारमा भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघेको छ।
कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन्। अरु ५० भन्दा बढी घाइते भएका छन्।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो। सो क्रममा ५ जना टाउको काटिएको अवस्थामा फेला परेको बीबीसीले जनाएको छ।
उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो। स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कारागारभित्रको सो घटनामा शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहको संलग्नता खुलेको छ।
घटनापछि चार सय प्रहरी त्यहाँ परिचालन गरिएको छ। एजेन्सी
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










