काठमाडौं, असोज १३ । ईपीएल टी-ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रीयट्सले पोखरा राइनोजलाई ५२ रनको विजय लक्ष्य दिएको छ। वर्षाका कारण भिजेको मैदानमा दुई घण्टा ढिलो शुरू भएको खेल ७ ओभरमा घटाइएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो। ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए। ओशाडा फर्नान्डोले अविजित १० रन जोडे। नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए।
ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले ३ विकेट लिए। बिक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट लिए।
Facebook Comments


























