काठमाडौं, असोज ११ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ।
आज (सोमवार) बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदलाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा सुझाब आएको थियो।
स्थायी कमिटी सदस्य देव गुरुङले भने ‘मन्त्रीपरिषद् बिस्तारको कुरा ५ दलको टुंगो भएपछि हुन्छ, त्यसमा कानूनी जटिलता भएको कारणले सबै समस्यालाई पन्छाइसकेपछि मन्त्रिमण्डलको बारेमा प्रवेश गर्ने भन्ने कुरा छ।’
Facebook Comments


























