असोज ११ । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले ओमानसँग हार व्यहोरेको छ।
कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ को फराकिलो अन्तरले पराजित भएको हो। साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो।
नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जानेछ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।
Facebook Comments


























