काठमाडौं, असोज ८ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बैठक जारी रहेछ। शुक्रबारबाट ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको बैठक शनिबारसम्म चल्नेछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान महाधिवेशनको तयारीमा रहेको बताए। उनले त्यसका लागि प्रतिनिधि, व्यवस्थापनलगायत कार्य टुंगो लगाउने काम भइरहेको पनि बैठकलाई जानकारी गराए।
एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म हुँदै छ। अध्यक्ष ओलीका अनुसार आजको बैठक राजनीतिक, सांगठनिक र विधान संशोधनको प्रतिवेदनमा केन्द्रित रहनेछ।
केहीअघि बसेको स्थायी कमिटी बैठकमा आएका सुझावलाई समेटेर आजको बैठकमा प्रतिवेदन ल्याइएको अध्यक्ष ओलीले बताए। एमालेको केन्द्रीय कमिटी बैठक भोलि पनि बस्नेछ। ओलीले केन्द्रीय सदस्यहरूलाई समयमा नै बैठकमा उपस्थित हुन आग्रह गरे।
Facebook Comments


























