काठमाडौं, असोज ८ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बिहान ११ बजे सुरु हुनेछ। केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्नेछ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्तावलगायतका बिषयमा छलफल हुनेछ।
एमालेले यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ।
Facebook Comments


























