काठमाडौं, असोज ७ । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी) अहिलेकै अवस्थामा पारित गर्न नसक्ने निर्णय गरेको छ।
पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय हित अनुकुल बनाएर मात्र एमसीसीका विषयमा अघि बढ्न सक्ने निष्कर्ष निकालेको हो। बैठकको निर्णय सार्वजनिक गर्दै सचिव जगन्नाथ खतिवडाले एमसीसी राष्ट्रिय हित अनुकूल नभएकाले आजकै अवस्थामा पारित गर्न नसकिने बताए।
उनले भने, ‘राष्ट्रिय हितअनुकूल बनाएर राजनीतिक सहमति कायम गरेर मात्र अघि बढ्न सकिन्छ। अन्यथा आजकै अवस्थामा पारित गर्न सकिँदैन।’
अब पार्टीले सरकारमा जाने कुरालाई पनि प्राथमिकतामा राखेको उनले बताए।
Facebook Comments


























