काठमाडौं, असोज ७ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ। सभामुख अग्नि सापकोटाले एमाले सांसदहरुलाई पटक पटक आसनमा बस्न रुलिङ गरेका छन्। तर, एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन्।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले लगातार बैठक अवरोध गरिरहेको छ।
बिहीबार बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने कार्यसूची छ। एमाले सांसदहरुले नाराबाजी जारी राखे पनि सभामुख सापकोटाले बैठक अगाडि बढाएका छन्।
Facebook Comments


























