काठमाडौं, असोज ६ । बुधवार शेयर बजार नेप्से परिसुचक १०४.८८ अंकले बढेर २८१६.९२ बिन्दमा पुगेको छ।
यस दिन २१७ वटा कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको २३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
प्रिमियर इन्स्योरेन्स कम्पनीका लगम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन्। वेष्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ लगायत १३ कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका हुन्।
त्यसैगरी मञ्जुश्री फाइनान्स कम्पनीका डिबेञ्चरधनीले गुमाएका छन्।
Facebook Comments


























