काठमाडौं, असोज ६ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आज (बुधबार) आफ्नो धारणा सार्वजनिक गर्दैछन्।
दिउँसो १ बजे तीनकुनेमा पत्रकार सम्मेलन गरेर गच्छदारले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो भूमिका के हुने भन्नेबारे धारणा सार्वजनिक गर्न लागेका हुन्। महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने उनको तयारी रहेको बुझिएको छ।
०७४ को आम चुनावअघि फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा समाहित गराएका गच्छदार बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि गुमनाम जस्तै थिए। उक्त मुद्दामा गच्छदार ३० असारमा १० लाख धरौटीमा रिहा भएका थिए।
Facebook Comments


























