असोज ५ । इंग्ल्यान्ड क्रिकेट टिमको पाकिस्तान भ्रमण रद्द भएको छ। इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले सोमबार पाकिस्तान भ्रमण रद्द गरिएको जनाएको छ।
इंग्ल्यान्डले आगामी अक्टोबरमा पाकिस्तानको भ्रमण गर्ने तालिका रहेको थियो। तर, गत शुक्रबार न्युजिल्याण्डले पाकिस्तान भ्रमण रद्द गरेपछि इंग्ल्यान्डले पनि भ्रमण नगर्ने निर्णय गरेको हो।
पाकिस्तान पुगेको न्युजिल्याण्डको टिम सुरक्षाको कारण देखाएर खेल नखेली स्वदेश फर्किएका थिए। इंग्ल्यान्डले सिमित ओभरको सिरिजका लागि पाकिस्तानको भ्रमण गर्ने तालिका थियो।
इंग्ल्यान्डको महिला र पुरुष टिमले नै पाकिस्तानको भ्रमण गर्ने बताईएको थियो। इंग्ल्यान्डले १५ वर्षबाट पाकिस्तानको भ्रमण गरेको छैन। इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो।
Facebook Comments


























