असोज ४ । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ।
आइतबार राति भएको खेलमा डर्टमण्डले युनियन बर्लिनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। एर्लिङ हालाण्डले दुई गोल गरेपछि डर्टमण्डले बर्लिनलाई हराएको हो।
घरेलु मैदानमा दशौँ मिनेटमा राफायल गुइरेरियोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए। खेलको २४ औं मिनेटमा हालाण्डले डर्टमण्डको अग्रता दोब्बर बनाए।
खेलको ५२ औं मिनेटमा मार्भिनले आत्मघाती गोल गरेपछि डर्टमण्ड ३-० ले अघि रह्यो। ५७ औं मिनेटमा म्याक्सले गोल गर्दै बर्लिनलाई ३-१ को स्थितिमा ल्याए। खेलको ८१ औं मिनेटमा एन्ड्रीयासले गोल गर्दै बर्लिनलाई ३-२ को स्थितिमा ल्याए।
तर, ८३ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ४-२ को जित दिलाए। जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेको छ। डर्टमण्ड दोस्रो स्थानमा रहेको छ। बर्लिन ६ अंक जोडेर आठौं स्थानमा रहेको छ।


























