चितवन, असोज १ । बितेको २४ घण्टामा देशभर १ हजार ३५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरु देशभरका विभिन्न अस्पतालहरुबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन्।
यस्तै, १ हजार ५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १० जनाको मृत्यु भएको छ। मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ।
यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ।
हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन्।
Facebook Comments


























