असोज १ । पाकिस्तान र न्यूजिल्याण्डबीच एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेल सुरु हुनुभन्दा केही मिनेट पहिला न्यूजिल्याण्डले एकतर्फी रुपमा सिरिज स्थगित गरेको हो। पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले सिरिज स्थगित भएको पुष्टि गरेको छ।
सिरिजको पहिलो खेल शुक्रबार हुँदै थियो। न्यूजिल्याण्डको क्रकेट बोर्डले सुरक्षा कारण देखाउँदै सिरिज स्थगित गरेको हो। १८ वर्षपछि न्यूजिल्याण्डको टिम पाकिस्तान भ्रमणमा गएको थियो। तर, खेल नखेली फर्किने भएको छ।
पीसीबीले सुरक्षाको व्यवस्था राम्रो गरिए पनि न्यूजिल्याण्डले एकतर्फी रुपमा खेल रद्द गरेको जनाएको छ। उता न्यूजिल्याण्ड क्रिकेट बोर्डले आफूहरुलाई खेल स्थगित गर्न सुझवा आएको भन्दै स्थगित एकमात्र विकल्प भएको बताएको छ।
Facebook Comments


























