भदौ ३० । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज बुधबार राति विभिन्न आठ खेलहरु हुँदैछ।
आज राति रियल मड्रिड, लिभरपुल, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर सिटी, इन्टर मिलान, एट्लेटिको मड्रिड, बोरुसिया डर्टमण्ड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन्।
रियलले आज राति इन्टर मिलानसँग उसैको मैदानमा खेल्नेछ। इन्टर र रियलबीचको खेल राति पौने १ बजे सुरु हुनेछ।
लिभरपुलले इटालियन क्लब एसी मिलानसँग खेल्नेछ। लिभरपुलको मैदानमा हुने खेल राति पौने १ बजे सुरु हुनेछ।
पीएसजीले क्लब ब्रुगविरुद्ध उसैको मैदानमा खेल्नेछ। दुई टिमबीचको खेल राति पौने १ बजे सुरु हुनेछ।
म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइपजिगविरुद्ध खेल्नेछ। दुई टिमबीचको खेल राति पौने १ बजे सुरु हुनेछ।
यस्तै एट्लेटिको मड्रिडले पोर्टोविरुद्ध खेल्दा स्पोर्टिङ सिपिले आयाक्ससँग खेल्नेछ। डर्टमण्डले बेसिकाट्ससँग तथा डोनेक्ट्सले एफसी शेरिफविरुद्ध खेल्नेछ। एजेन्सी


























