वाग्मती, भदौ २७ । नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेशसभाको संसदीय दलको नेता चयन गरेको छ।
आज बसेको पार्टीको संसदीय दलको बैठकले राजेन्द्र पाण्डेलाई दलको नेता चयन गरेको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए। निर्वाचन आयोगले वाग्मती प्रदेशमा दलको मान्यता दिएपछि दलको नेता चयन गरिएको हो। वाग्मतीमा एकीकृत समाजवादीका १३ सांसदले मान्यता पाएका छन्।
त्यस्तै, अरू दलको बैठक भोलि बसेपछि प्रदेशमा नयाँ सरकार गठनका विषयमा निर्णय हुने उनले बताए।
Facebook Comments


























