चितवन, भदौ २७ । पछिल्लो २४ घण्टामा थप एक हजार ४२३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएकाछन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका उनीहरु संक्रमणमुक्त भएका हुन्।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भइ निको हुनेको संङ्ख्या सात लाख ३९ हजार ४५७ पुगेको छ।
गत २४ घन्टामा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन्।
उक्त अवधिमा कोरोना संक्रमणका कारण नेपालमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments


























