काठमाडौं, भदौ २७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन्।
सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका थिए। उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख सापकोटाले बैठक अवरोध गरेर अन्य सांसदहरुको अधिकार हनन् नगर्न रुलिङ गरेका छन्। तर, एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन्।
एमाले विभाजनमा सभामुख सापकोटाको षडन्त्र मुलक संलग्नता देखिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक अवरोध गर्न आइतबार बसेको संसदीय दलको बैठकमा निर्देशन दिएका थिए।
Facebook Comments


























