काठमाडौं, भदौ २७ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ।
मध्याह्न १२ बजे डाकिएको बैठकमा संसदमा जारी विरोध कसरी मर्यादित बनाउने भन्नै विषय छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
एमाले सांसदले शुक्रबार प्रतिनिधिसभा बैठकमा मर्यादा नाघेर विरोध गरेको भन्दै चर्को आलोचना भइरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले पार्टी फुटाउने भूमिका खेलेको भन्दै एमालेले विरोध गर्दै आएको छ।
Facebook Comments


























