भदौ २५ । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रियमा नेपालले सुरुवातमा ब्याटिङ्ग गर्ने भएको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ। नेपालले ब्याटिङ रोजेपछि पीएनजीले सुरुवातमा फिल्डिङ गर्ने भएको छ। दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपालले २ विकेटको जित निकालेको थियो। दुई खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ।
नेपालले दोस्रो खेलमा तीन खेलाडी परिवर्तन गरेको छ। अघिल्लो खेलमा टिममा रहेका शरद भेषवाकर, आरिफ शेख र पवन सर्राफलाई विश्राम दिईएको छ। विनोद भण्डारी, शुशन भारी र करण केसी सुरुवाती-११ मा परेका छन्। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो।
Facebook Comments


























