भदौ २५ । जापानले क्लब विश्वकप फुटबल आयोजना नगर्ने भएको छ। कोभिड-१९ को महामारीको कारण जापानले क्लब विश्वकप आयोजकबाट नाम फिर्ता लिएको हो।
क्लब विश्वकप जापानमा आगामी डिसेम्बरमा आयोजना गरिने तय थियो। तर, कोरोनाको कारण जापान फुटबल एसोसियनले आयोजकबाट नाम फिर्ता लिएको हो।
क्लब विश्वकपमा विभिन्न महादेशको च्याम्पियन टिमले प्रतिस्पर्धा गर्ने गर्छन। सन् २०२० को उपाधि बायर्न म्युनिखले जितेको थियो।
Facebook Comments


























