काठमाडौं, भदौ २४ । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने सुरुवाती-११ सार्वजनिक गरेको हो। नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु हुनेछ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।
नेपालको सुरुवाती-११
गोलकिपर- एन्जिला सुब्बा
डिफेन्डर- गीता राना, हिरा भुजेल,पुजा राना,अमृता जैशी,
मिडफिल्डर- रेनुका नगरकोटी,सरु लिम्बु,मन्जली थोकर
फरवार्ड- प्रिती राई,सबिता राना,विमला चौधरी
Facebook Comments


























