काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै जननायक बीपी कोइरालाले देखेको सपना पूरा गर्न सक्ने बताएका छन्।
बीपीको १०८औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश जारी गर्दै नेता सिंहले कोइरालाले देश र जनताका लागि पुर्याएको योगदानको स्मरण पनि गरेका छन्।
कांग्रेसको महाधिवेशन समयमा नै पूरा गर्नु पर्ने चुनौती रहेको बताउँदै सिंहले भनेका छन्, ‘बलियो कांग्रेस र सक्षम नेतृत्व भएमात्र संस्थापक नेता जननायक बीपीले देखेका सपना पूरा गर्न सकिने छ। त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा हार्दिक अपील गर्दछु।’
कांग्रेसका संस्थापक नेता कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो।
Facebook Comments


























