भदौ २४ । भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा टिमको मेन्टर नियुक्त भएका छन्।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले पूर्व कप्तान धोनीलाई टिमको मेन्टरमा नियुक्त गरिएको जनाएको छ। बीसीसीआईका सचिव जय शाहले कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र प्रशिक्षक रवी शास्त्रीसँगको छलफलपछि उनलाई मेन्टर नियुक्त गरिएको बताए।
युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ। बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा विश्वकप खेल्ने टिमको घोषणा गरिसकेको छ।
भारतले विश्वकपको पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ। सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ। भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ।
Facebook Comments


























