काठमाडौं, भदौ २३ । प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा शुरु भएको छ।
संघीय संसदका दुबै सदनको नवौँ अधिवेशन आज अपराह्न शुरु हुने भएपछि एमालेको बैठक बोलाइएको हो। आजको सदनमा १५ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।
एमाले प्रमुख विशाल भट्टराईका अनुसार संसदमा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ।
Facebook Comments


























