भदौ २१ । फिफा विश्वकप छनोटमा उरुग्वेले जित निकालेको छ। सोमबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा उरुग्वेले बोलिभियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
उरुग्वेको जितमा जर्जियन डी आरेसकाइटाले दुई गोल गरे। यस्तै फेडेरिको भल्भार्डे र अगस्टिन अल्भारेजले एक एक गोल गरे। बोलिभियाका मार्सेलो मोरेनोले दुई गोल फर्काए। जितसँगै उरुग्वेले ८ खेलमा १२ अंक जोडेको छ। उरुग्वे तालिकाको चौंथो स्थानमा उक्लिएको छ। बोलिभिया ६ अंकसहित नवौं स्थानमा छ।
Facebook Comments


























