भदौ २० । घरेलु टिम श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीका विजयी भएको छ।
कोलम्बोमा शनिबार राति दक्षिण अफ्रीकाले श्रीलंकालाई डीएल पद्दतिको आधारमा ६७ रनले पराजित गरेको हो। यस जितसँगै तीन खेलको सिरिज दक्षिण अफ्रीकाले १-१ को स्थितिमा ल्याएको छ। पहिलो खेलमा श्रीलंकाले दक्षिण अफ्रीकालाई १४ रनले हराएको थियो।
दक्षिण अफ्रीकाले दिएको २ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ३६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रनमा समेटियो।श्रीलंकाका चारिथ असालंकाले ७७ रनको अर्धशतकीय इनिङ्स खेले। चमिका करुनारत्नेले ३६ रन जोड्दा कप्तान डासुन शनकाले ३० रन जोडे।
दक्षिण अफ्रीकाका ट्राबेज शाम्सीले ५ विकेट लिए। कागिसो राबडाले २ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४७ ओभरमा ६ विकेट गुमाएर २ सय ८३ रन बनाएको थियो। तर, डीएलको आधारमा श्रीलंकाले नयाँ लक्ष्य पाएको थियो।
दक्षिण अफ्रीकाका लागि जान्नेमान मालनले १ सय २१ रनको शतकीय इनिङ्स खेले। रिजा हेन्ड्रिक्सले ५१ रन जोड्दा हेन्रिच क्लासेनले ४३ रन बनाए। श्रीलंकाका दुश्मन्था चामिरा र चामिका करुनारत्नेले २/२ विकेट लिए।


























