भदौ १९ । पूर्व विश्व नम्बर एक सिमोना हालेप युएस ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेकी छिन्।
रोमानियाकी हालेपले शुक्रबार राति काजकिस्तानकी एलिना रेबाकिनालाई पराजित गर्दै चौंथो चरणमा स्थान बनाएकी हुन्। १२ औं वरीयताकी हालेपले एलिनालाई ७-६(१३-११),४-६ र ६-३ को सेटमा पराजित गरिन्।
हालेप २०१६ पछि पहिलो पटक युएस ओपनको चौंथो चरणमा पुगेकी हुन्।चोट मुक्त हुँदै कोर्टमा फर्किएकी हालेपके उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। चोटको कारण हालेपले विम्बल्डन र फ्रेन्च ओपन गुमाएकी थिइन्।
Facebook Comments


























