भदौ १९ । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले घरेलु टिम श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको बाँकी खेल गुमाउने भएका छन्।
हातको औलाको चोटको कारण टेम्बा सिरिजबाट बाहिरिएका हुन्। टेम्बाको अनुपस्थितिमा केशव महाराजले दक्षिण अफ्रीकाको कप्तानी गर्ने छन्। टेम्बाले पहिलो एकदिवसीय खेल दौरान चोट बोकेका हुन्। चोट बोकेपछि टेम्बा ‘रिटायर्ड हर्ट’ भएका थिए।
खेलको २६ औं ओभरमा ३८ रन बनाएर ब्याटिङ गरिरहँदा रन लिने क्रममा फिल्डरले फालेको बलले उनको औंलामा लागेको थियो। त्यस खेलमा दक्षिण अफ्रीका १४ रनले पराजित भएको थियो। तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता बनाएको छ।
Facebook Comments


























