हेटौंडा, भदौ १८ । हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलाले ट्रकसहित दुईजनालाई बगाएको छ। शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको १० चक्के ट्रकसहित दुईजनालाई कर्रा खोलाले बगाएको हो। ना ४ ख १४४० नम्बरको ट्रक कर्रा खोलामा आएको भेलले बगाएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
ट्रकसँगै सोही ट्रकका चालक ४० वर्षीय बद्री कार्की र अन्दाजी ४०(४२ वर्षीय गणेश थापा मगरलाई बगाएको राठौरले बताए। खोलामा एक्कासि आएको भेलले उक्त ट्रकलाई बगाएको र हराएका दुईजनाको खोजी कार्य भइरहेको घटनास्थलमा राठौरले बताए।
Facebook Comments


























