अकल्याण्ड, भदौ १८ । न्यूजिल्याण्डको एक सुपरमार्केटमा ६ जनामाथि चक्कुले आक्रमण गर्ने व्यक्ति मारिएका छन्। ६ जनालाई घाइते बनाउने हिंस्रक अतिवादीलाई प्रहरीले मारेको बीबीसीले जनाएको छ।
न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नले यो आक्रमणलाई आतंकवादी आक्रमण भनेकी छन्। आक्रमणकारी श्रीलंकाली नागरिक भएको जनाइएको छ। न्यूजिल्याण्ड सरकारले आक्रमणकारी पहिलादेखि नै निगरानीमा रहेको बताएको छ।
आक्रमणकारी इस्लामिक स्टेट (आईएसआईएस) बाट प्रेरित भएको बताइएको छ। प्रधानमन्त्री अर्डर्नले आक्रमणकारीलाई सुरक्षाकर्मीले ६० सेकेण्ड भित्रै मारेको बताएकी छन्। उनले यो घटना निन्दनीय भएकोसमेत बताएकी छन्। आक्रमणकारी २०११ मा न्यूजिल्याण्ड पुगेको बताइएको छ। (एजेन्सी)
Facebook Comments


























