भदौ १६ । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर नथानिएल फिलिप्सले सम्झौता नवीकरण गरेका छन्। फिलिप्सले सन् २०२५ सम्म क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन्।
सेन्टर ब्याक फिलिप्सले लिभरपुलका लागि २० खेल खेलेका छन्। २४ वर्षीय फिलिप्सले सन् २०१९ मा लिभरपुलको सिनियर टिममा डेब्यु गरेका थिए। उनले २०१९/२० को सिजन जर्मन क्लब स्टुटगार्डबाट खेलेका थिए।
Facebook Comments


























