भदौ १६ । राजस्थान रोयल्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलका लागि वेस्ट इन्डिजका इभिन लेविस र ओशाने थोमसलाई अनुबन्ध गरेको छ।
राजस्थानले इंग्ल्यान्डका जोस बट्लर र बेन स्टोक्सको स्थानमा लेविस र थोमसलाई अनुबन्ध गरेको हो। दोस्रो सन्तानको जन्म हुने भएकोले बट्लरले आईपीएल नखेल्ने भएका हुन्। स्टोक्स क्रिकेटबाट विश्राममा रहेका छन्।
कोरोनाको कारण रोकिएको आईपीएलका बाँकी खेलहरु युएईमा आयोजना हुनेछ। आईपीएल सेप्टेम्बर १९ बाट अक्टोबर १५ सम्म हुनेछ। प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ। दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ। यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ।
Facebook Comments


























