भदौ १४ । इथोपियाकी धाविका यालेमजर्फ यहुवलोले महिलाको हाफ म्याराथनमा विश्व कीर्तिमान बनाएकी छिन्। नर्दन आयरल्याण्डमा भएको एन्ट्रिम कोस्ट हाफ म्याराथनमा यालेमजर्फले कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्।
यालेमजर्फले निर्धारित दुरी ६३ मिनेट ४३ सकेन्ड (१ घण्टा ३ मिनेट ४३) मा पूरा गर्दै कीर्तिमान बनाईन। २२ वर्षिया यालेमजर्फले केन्याली धाविका रुथ चेप्गेटिचको कीर्तिमान भङ्ग गरेकी हुन्। चेप्गेटिचको नाममा ६४ मिनेट ०२ सेकेन्डको कीर्तिमान रहेको थियो।
‘मेरो सपना सत्य भएको छ। यस अघि दुई पटक कीर्तिमान बनाउन असफल भएको थिए। तर, म आज खुशी छु’,कीर्तिमान बनाएपछि उनले भनिन्।
यस स्पर्धामा केन्याकी भान एनयामबोकेले १ घण्टा ९ मिनेट ४४ सकेन्डको समयसहित रजत र इंग्ल्यान्डकी रोस हार्भेले १ घण्टा १० मिनेट २८ सकेन्डको समयसहित कास्य जितिन्।
पुरुषतर्फको स्वर्ण इथोपियाकै जेमल यिमेरले हात पारे। इथोपियाकै तेस्फाहुन अकेलन्युले रजत र केन्याका किमिङले कास्य पदक जिते।


























