भदौ १४ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ४१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























