भदौ १४ । अफगानिस्तानको काबुलमा आतंककारीले गर्न खोजेको बम आक्रमण निस्तेज पार्न अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा ६ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ।
कार बम लिएर आत्मघाती आक्रमणकारी विमानस्थलतर्फ अगाडि बढ्दै गरेको देखेपछि अमेरिकाले ड्रोन हमला गरेको दाबी गरेको छ। सो आक्रमणमा अमेरिकी सेनाकै सहयोगीसहित ९ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यसअघि गत बिहीबार साँझ आईएसआईएस–केले विमानस्थलमा बम हमला गर्दा १३ जना अमेरिकी सैनिकसहित १७५ जनाको मृत्यु भएको थियो। एजेन्सी
Facebook Comments


























