भदौ १४ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम आज सोमबार नेपाल आईपुग्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतीय टिम सोमबार दिउँसो नेपाल आईपुग्ने जनाएको छ। भारतीय टिम दिउँसो पौने ४ बजे काठमाडौं ओर्लने छन्।मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा हो। भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
मैत्रीपूर्ण खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।
Facebook Comments


























