भदौ १४ । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिग पराजित भएको छ। आइतबार राति भएको खेलमा लाइपजिग उल्फवर्गसँग १-० गोल अन्तरले पराजित भएको हो।
उल्फवर्गलाई जित दिलाउन जेरोमी रोउसिलोनले निर्णायक गोल गरे। उनले खेलको ५२ औं मिनेटमा गोल गरेका हुन्। यस जितसँगै उल्फवर्ग अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उल्फवर्गले ३ खेलमा ९ अंक जोडेको छ।
लाइपजिगले ३ खेलमा ३ अंक जोडेको छ। लाइपजिग १० औं स्थानमा रहेको छ।
Facebook Comments


























