काठमाडौं, भदौ १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटेको नभइ केही विग्रिएका मान्छेहरुले छाडेको बताएका छन्।
शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति इंगित गर्दै यस्तो बताएका हुन्।
यस्तै अध्यक्ष ओलीले परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा सत्तारुढ गठबन्धनका नेताहरु परेको आरोप समेत लगाएका छन्।
Facebook Comments


























