काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसको पौडेल पक्षको बैठक अहिले जारी छ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बसेको हो। वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरूको बैठक आज बिहान करिब साढे ८ बजेदेखि जारी रहेको जनाइएको छ।
क्रियाशील सदस्यहरूको सूची सार्वजनिक र अनशनमा रहेका कांग्रेस जिल्ला सभापतिहरूका माग सम्बोधन गराउने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ।
बैठकमा महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाललगायत छन्।
Facebook Comments


























