भदौ ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आइतबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज २०० रूपैयाँ बढेर ९१ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले बढेको छ। आज चाँदी १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























