झापा, भदौ ५ । होटलमा गएर महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले झापाबाट चार जना युट्युबर र टिकटकरलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ गरिएको हो। पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एक जना रहेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रमुख डीएसपी सन्तोष आर्चायका अनुसार एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको आभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो।
केही युट्युबर भने फरार रहेकोले खोजी भइरहेको डीएसपी आचार्यले बताए। अहिले उनीहरुमाथि अभद्र व्यवहार कसुरमा थप अनुसन्धान भइरहेको छ।
Facebook Comments


























