काठमाडौं, भदौ ५ । अफगानिस्तानबाट शुक्रबारसम्म ४६१ नेपालीको उद्धार भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार रोजगारीका लागि अफगानिस्तान पुगेका ९ भारतीयसहित ४७० जना शुक्रबारसम्म काठमाडौँ आइपुगेका छन्।
नेपाली फर्कने क्रम आज पनि जारी रहनेछ। आज बेलुकासम्म दुईवटा उडानबाट नेपाली फर्कने मन्त्रालयले जनाएको छ।
काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये ५३० जना विभिन्न मुलुकमा ट्रान्जिट र क्वारेन्टिनमा रहेकाले उनीहरु आज स्वदेश फर्कने परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिए।
शुक्रबार साँझसम्म ३१० जना नेपालीले अफगानिस्तानबाट उद्धारका लाग कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो विवरण दर्ता गरेका छन्।
Facebook Comments


























