काठमाडौं, भदौ ४ । सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी शुरु भएको छ। यातायात व्यवस्था विभागले अर्को हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको हो। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले ट्रायल खुलाउने तयारी गरेको हो।
विभागले वैशाख १६ गतेदेखि ट्रायल परीक्षा स्थगित गरेको थियो। मंगलबार गरेको विभागको सिफारिसमा सीसीएमसी सकरात्मक देखियपछि ट्रायलको तयारी शुरु भएको हो। स्वास्थ्य मापदण्ड अनुरुप सवारी लाइसेन्स परिक्षाको ट्रायल खुलाउन सीसीएमसी तयार रहेको विभागले जनाएको छ।
Facebook Comments


























