भदौ ४ । पाकिस्तानमा एक पत्रकार तथा ब्लगरमाथि आफ्नै निवासमा आक्रमण भएको छ।
इस्लामाबादमा आफ्नै निवासमा पत्रकार तथा ब्लगर असद अलि तुरमाथि आक्रमण तथा कुटपिट भएको हो। पहिचान नखुलेका तीन आक्रमणकारीले उनको अपार्टमेन्टमा कुटपिट तथा यातना दिएको बताईएको छ। अनुहारमा मास्क लगाएका ती आक्रमणकारीहरुले तुरलाई चिच्याएमा नसोचेको परिणाम दिने भन्दै धम्क्याएका थिए।
इस्लामाबादमा अर्का पत्रकार तथा पाकिस्तान विद्युतीय मिडिया नियामक प्राधिकरणका प्रमुख अब्सर आलममाथि आक्रमण भएको करिब एक महिनापछि तुरमाथि आक्रमण भएको हो। पाकिस्तानमा पत्रकारमाथि आक्रमणको घटनाहरु दिन प्रतिदिन बढिरहेको छ। स्रोत गल्फ न्युज
Facebook Comments

























