साउन ३२ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा उद्धारको प्रतीक्षामा रहेका नेपालीको अभिभाकत्व सरकारले लिने बताएका छन्। प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अस्थितिमा उद्धार प्रवन्ध मिलाउन आइतबार नै निर्देशन दिइसकेको पनि जानकारी गराएका छन्।
‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो। सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ,’ सोमबार बिहान ट्वीट गर्दै देउवाले भनेका छन्।
अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेसँगै विदेशी मुलुकले धमाधम आफ्ना नागरिक उद्धार गरिरहेका छन्। तर नेपालीलाई सरकारले उद्धार नगरेको भन्दै आलोचना भइरहेको छ।
अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु l
सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो l सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ l
— Sher Bahadur Deuba (@SherBDeuba) August 16, 2021


























