साउन ३० । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नयाँ सिजन हारबाट शुरूवात गरेको छ। नयाँ सिजनको पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २-० ले पराजित भएको हो।
ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एकरएक गोल गरे। जितसँगै ७४ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले शीर्ष लिगमा सुखद सुरुवात गरेको छ। उसले तीन अंक जोडेको छ।
Facebook Comments

























