काठमाडौँ, पुस १८ । उखुको भुक्तानी माग्दै धर्नामा बसेका ऊखु किसानहरुलाई सरकारले वार्तामा बोलाएको छ। हिउँदे झरीकाबीच पनि उखु किसानहरुले आफ्नो धर्नालाई निरन्तरता दिइरहँदा शुक्रबार उद्योग मन्त्रालयले वार्तामा बोलाएको उखु किसान संघर्ष समितिका प्रतिनिध राकेश मिश्रले बताए।
वार्ताका लागि उनीहरु धर्नास्थल माइतीघरबाट उद्योग मन्त्रालयतर्फ लागेका छन्। वार्ता टोलीमा उखु किसानका तर्फबाट संर्षघ समितिका सचिव हरि श्याम राय यादव, राजेश यादव लगायत १० जनाको प्रतिनिधि रहेका छन्। उनले सरकारले उखु किसानलाई पटक-पटक छल गरेकाले आफूहरु यसपटक सचेत रहेको बताएका छन्।
Facebook Comments

























