काठमाडौं, साउन २७ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी पाएसँगै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ।
बुधबार बसेको प्रदेशसभाको दोश्रो बैठकमा सभामुख पूर्ण बहादुर घर्तीले मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएका थिए। प्रदेशका मुख्यमन्त्री पोखरेलले १ बजेर १५ मिनेटमा राजीनामा दिएको पत्र प्राप्त भएको उनले बताए। उनले राजीनामा दिएको पत्र आएसँगै विशेष अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए।
यसअघि राजीनामाको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशनको पहिलो बैठक शुरु भएको थियो। अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो।
Facebook Comments


























